Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

मतदाता नामावली प्रकाशनलगत्तै अध्यक्षका प्रत्यासी थापाको कडा आपत्ति



न्यूयोर्क । गैरआवासिय नेपाली संघ एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गरेलगत्तै कार्यसमितिभित्रैबाट चर्को असन्तुष्टि देखिएको छ ।

मतदाताले नामावली हेर्न अत्यन्तै जटिल विधि अपनाइएको भन्दै कार्यसमितिकै सदस्यदेखि एनआरएन अभियन्ताले समेत चर्को विरोध जनाएका हुन्। उनीहरुले मतदाता नामावली सहज बनाउन निर्वाचन समिति समक्ष माग समेत गरेका छन्।

एनआरएन अमेरिकाको बोर्ड अफ याइरेक्टर तथा आगामि निर्वाचनमा अध्यक्षका प्रत्यासी सञ्जय थापाले नामावली प्रकाशन भएलगत्तै चार वटा माग राखेर तत्काल सच्याउन समितिलाई सुझाव दिएका छन् । मुख्य मागका रुपमा राज्यअनुसार र बर्णानुक्रमअनुसार मतदाता नामावली प्रकाशन गर्न उनले सुझाव दिएका छन् ।

थापाको अपिल,

हामी सबैको साझा र प्यारो संस्था एनआरएन एनसिसी अमेरिकाको निर्वाचनको निकट आइपुगेका छौं। यस संस्थालाइ सबैको प्रिय मात्रै नभएर यसलाइ सबैको निम्ति विश्वासयोग्य बनाउने अभियानले क्रमशः एउटा गति लिएर गएको छ।

हामी सबैको पहल, प्रयत्न र खवरदारीमा भएको यो उपलव्धि वास्तवमै गौरवयोग्य छ। यद्धपि हामीले गर्नु पर्ने थुप्रै काम अझै बाँकी नै छन। विगतमा झैं आउने दिनमा पनि सबै मिलेर एनआरएनलाइ भरोसायोग्य बनाउन थुप्रै गर्नुपर्ने छ। त्यसो गर्दै गर्दा हरेक कदम बढो सावधानीपुर्वक चाल्नु पर्ने छ।

यसो भन्दै गर्दा निर्वाचन कमिटीले सार्वाजनिक गरेको मतदाता नामावलीले हाम्रो साझा अभियान र सपनाको मर्म नबुझेको पो हो कि जस्तो लागेको छ। सदस्यहरुलाइ सुचिकृत गर्दा वर्णानुक्रम अनुसार, ठेगाना अनुसार लयवद्ध नगरिएकोले निर्वाचन विश्वसनीय हुँदैन कि भन्ने आशंका गर्नेहरुलाइ शंका गर्ने आधार मात्रै दिएको छ।

तसर्थ, म निर्वाचन कमिटिलाइ निम्न अनुसारको प्रक्रिया अपनाउदै मतदाता नामवली पुन प्रकाशन गर्न अनुरोध गर्दछु,
१, एनआरएन एनसिसियुएसएको निर्वाचनको भोटर लिष्ट प्रकाशित भएछ तर अचम्म यत्रो ९१७२ मा आफ्नो नाम काहॉ खोज्ने
२, मतदाताहरुको सुची राज्य अनुसार गरियोस
३, मतदाताहरुको सुची वर्णानुक्रम अल्फावेट अनुसार गरियोस
४, मतदाताले आफ्नो नाम खोज्दा सजिलै पाउने व्यवस्था गरियोस

सँस्थाको विश्वसनीयता, निर्वाचन कमिटिको निस्पक्षता समेतलार्इ ध्यानमा राखेर अगाडि सारिएको उल्लेखित मागहरुलाइ तत्काल सुनुवाई गरिने अपेक्षासहित गम्भीरताको निम्ती आग्रह गर्दछु।

संजय थापा

बोर्ड सदस्य तथा अध्यक्षका आकांक्षी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

प्रतिक्रिया दिनुहोस्