Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

मिडिया, कम्युनिकेसन र एडभटाइजिङ एक्स्पो हुने



काठमाडौं । मिडिया, कम्युनिकेसन र एडभटाइजिङ एक्स्पो हुने भएको छ । एकाडेमी अफ मिडिया एण्ड इभेन्ट म्यानेज्मेन्टले यही चैत्र २८ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मिडिया, कम्युनिकेसन र एडभटाइजिङ एक्स्पो आयोजना गर्न लागेको हो ।

एक्स्पोमा स्वदेशी र विदेशी सहभागी हुने क्रम जारी रहेको आयोजक संस्थाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आयोजक संस्थाका कार्यकारी निर्देशक डम्बर शाहूले मिडिया र यससँग सम्वन्धित उद्योगको विकासका लागि पहिलो पटक यस किसिमको मेला गर्न लागिएको बताए ।

उनले मेलासँगै अन्तर्राष्ट्रिय मिडिया सम्मेलन पनि आयोजना हुने जानकारी दिए। सम्मेलनमा ४५ भन्दा बढी मिडिया बिज्ञ, सरोकारवाला, मिडिया लगानीकर्ताले कार्यपत्र प्रस्तुत गर्ने बताईएको छ । सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै चार सय ५० भन्दा बढी सहभागी हुने शाहूको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्