
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले बारा र पर्साका हावाहुरीबाट पिडितलाई १० लाख सहयोग गर्ने भएको छ ।
नगरपालिकाले केन्द्र सरकारको आव्हानमा प्रदेश ३ का मुख्यमन्त्री राहतकोषमा राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा २० चैतमा बसेको नगर कार्यपालिकाको बैठकले विपत्तिमा ज्यान गुमाउनेहरुको सम्झनामा शोक प्रस्ताव गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
दैविक प्रकोप पछिको क्षति ठुलो भएकाले सवैले आ आफनो ठाउँबाट सहयोग गर्नुपर्ने थापाले बताए ।