Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

भ्रष्टाचारको गन्ध कहिँकतै भएको पाइए राम्रो नहुने प्रधानमन्त्रीको चेतावनी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले अनुभुति गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

 


गरिबी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पारदर्शीरुपमा काम गर्न समेत निर्देशन दिए । परिणाम देखिने गरी काम गरे समृद्धिको लक्ष्य पूरा हुने उनको विश्वास थियो ।

ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै भएको पाइए राम्रो नहुने चेतावनी दिएको गरिबी निवारण कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए ।

कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ ।
त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थालाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्