Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

प्रहरी र स्थानीयबीच झडप, प्रहरीले चलाएको गोली लाग्दा दुई जना घाईते



सुनसरी । भारतीय सीमा नाकामा प्रहरी र स्थानीयबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लाग्दा दुई जना घाईते भएका छन् । शुक्रबार साँझ प्रहरीको गोली लागेर सुनसरीको भोक्राहामा दुई जना घाइते भएका हुन् । सीमा नाकामा भारतबाट ल्याइएको सामान चेकजाँचमा विवाद भएपछि झडप भएको सुनसरीका एसपी राजन अधिकारीले बताए।

झडपमा प्रहरीले एक राउण्ड गोली प्रहार गरेका थिए । भोक्रा सीमा नाकामा प्रहरी इन्चार्ज चन्द्रकुमार शाक्यमाथि हातपात भएको र उनी घाइते भएका छन् । प्रहरीमाथि हातपात भएपछि प्रहरीले गोली प्रहार गर्दा स्थानीय ज्याउल अन्सारी घाइते भएका हुन् । एसपी अधिकारीका अनुसार दुवै घाइतेको उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

भारतको विहारमा चुनावी माहोल चलिरहेकाले त्यसलाई पनि मध्यनजर गर्दै सीमा नाकामा कडाइ गरिएको बेला स्थानीय र प्रहरीबीच झडप भएको हो । स्थानीय बासिन्दाले आफूहरुमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाएका छन् भने प्रहरीले स्थानीय बासिन्दाले पेस्तोल खोसेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्