Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

अनु अधिकारी र कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी



काठमाडौं  दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी २०७४ घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षका उत्कृष्ट खेलाडीमध्येबाट अनु र कमल सर्वोत्कृष्ट छनोट भएका हुन् । सर्वोत्कृष्ट दुवैले जनता बैंकले प्रायोजन गरेको समान १ लाख रुपैयाँ प्राप्त गरे ।

 

ललितपुर महानगरपालिकाको वडा नं १६ सहआयोजनामा शुक्रबार पाटनमा भएको अवार्डमा विभिन्न २९ खेलका उत्कृष्ट खेलाडी घोषित गदै पुरस्कृत गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) च्याम्पियनसिपमा सामेल २९ खेल सम्बन्धित खेल संघको सिफारिसमा २०७४ को प्रदर्शनका आधारमा उनीहरु उत्कृष्ट खेलाडी घोषित भएका हुन् । उत्कष्ट सबैले एनएनआइपिएबाट ५ र सम्बन्धित संघबाट ५ हजार गरि १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसरी उत्कृष्ट खेलाडी घोषित हुनेमा आर्चरीका रमेश भट्टचन, एथलेटिक्सकी विश्वरुपमा बुढा, ब्याडमिन्टनकी नङ्सल तामाङ, बास्केटबलका मनीषराज राजोपाध्याय, बक्सिङकी बिमला श्रेष्ठ, साइक्लिङका स्वर्गीय नारायणगोपाल महर्जन, फेन्सिङका जंगा गिरी, फुटबलकी सबित्रा भण्डारी, गल्फका टंकबहादुर कार्की, ह्यान्डबलकी बन्दना राई छन् ।

प्रतिक्रिया दिनुहोस्