Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

ललितपुरको चक्रपथमा ट्रकले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु



काठमाडौं । ललितपुरको चक्रपथमा ट्रकले तरकारी बोक्ने भ्यानलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुन‍ेमा दोलखा घर भइ ललितपुर बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषा घर भइ भैसीपाटी बस्ने ४० वर्षकी डोल्मा शेर्पा छन् ।

घाइते हुनेमा डोल्माकी छोरी १७ वर्षीया स्मृतिको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

ना १ घ ५३३ नम्बरको ट्रक अनियन्त्रित भइ बा ७ च २१३१ नम्बरको भ्यानलाई थिचेको थियो। जनक शिक्षा सामाग्रीको उक्त ट्रक कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक बोकेर सुर्खेतको लागेको थियो।

प्रहरीका अनुसार भ्यानमा रहेका २ जनाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्