Logo
Logo

भीषण हावाहुरीबाट बारा र पर्सामा गरि २१ जनाको ज्यान गयो, क्षतिको थप बिवरण आउन बाँकी



बारा र पर्सा  । भीषण हावाहुरीबाट बारा र पर्सामा गरि २१ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी हेमबहादुर शाहीले दिएको जानकारी अनुसार अहिलेसम्म २१ जनाको शव फेला परेको छ।

उनका अनुसार टेलकुवामा १, भलुहीमा ५, क्वै सोर्ण गाउँपालिकामा १, फेटा पुरेनियामा ७, हर्दिया र परशुरामपुरमा २ जना, धर्मनगरमा ४ जनाको शव फेला परेको र १ जनाको वीरगञ्ज उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। घाइतेलाई वीरगञ्ज र नजिकको अस्पताल पु(याएर उपचार भइरहेको पनि शाही बताए।

हावाहुरीबाट घरहरु तहस नहस भएकाले मृतकको संख्या थपिनसक्ने डिएसपी शाहीले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?