
काठमाण्डौं । एक्सेल डेभलपमेण्ट बैंकको अध्यक्षमा महेन्द्र गोयल नियुक्त भएका छन् । काठमाण्डौंमा सम्पन्न १३ औं वार्षिक साधारण सभाबाट गोयल अध्यक्षमा नियुक्त भएका हुन् ।
त्यस्तै साधारण सभाले सञ्चालक समितिमा व्यवसायीद्धय हेमराज ढकाल र राजन शर्मालाई नियुक्त गरेको छ ।
ढकाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत हुन् ।