Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त



काठमाडौं । सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले शर्मालाई विभागको महानिर्देशकमा नियुक्त गरेको हो ।

पछिल्लो समय शर्मा सडक विभाग अन्तर्गतकै वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए । २०५२ सालमा विभागको इन्जिनियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका शर्मा ०६९ सालको अन्तिमतिर सहसचिवमा बढुवा भएका हुन् ।

यो सँगै उनले आयोजना कार्यान्वयन निर्देशनालय पीआईडी, भौतिक पुर्वाधार मन्त्रालयको गुणस्तर तथा वैदेशिक महाशाखा प्रमुखको जिम्मेवारी पनि बहन गरिसकेका छन् । शर्माले विभिन्न सडक आयोजनाको प्रमुख भएर पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्