Logo
१३ फाल्गुण २०७७
(Thursday 25th February 2021)

ओखलढुंगामा जीप खस्दा ६ को मृत्यु, तीन घाइते



ओखलढुंगामा आइतबार जीप दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको बा १६ च २२०७ नम्बरको जीप साढे ११ बजेतिर भडारेखोलामा सडकबाट २ सय मिटर तल खसेको थियो। दुर्घटनामा परी ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। कृष्ण श्रेष्ठले उक्त जीप चलाएका थिए।

मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ। ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र ३५ वर्षीय नोर्बु शेर्पाको मृत्यु भएको सनाखत भएको छ।

दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी चालक श्रेष्ठ पनि घाइते भएका छन्। उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ।  जीप दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्