Logo
०८ असार २०७८
(Tuesday 22nd June 2021)

नेता योगेन्द्रले हत्या गरी फालेको रमिलाको शव २६ दिनपछि भेटियो



विराटनगर । मोरङको बेलबारीकी २६ वर्षीया रमिला राईको शव हत्या गरि फालेको २६ दिनपछि सप्तकोसी नदीमा फेला परेको छ। नेकपाका स्थानीय नेता योगेन्द्र गुरुङले हत्या गरी कोसी ब्यारेजमा फालेको रमिलाको शव बुधबार भेटिएको हो ।

फागुन १८ गतेदेखि हराइरहेको रमिलाको शव कोसी ब्यारेजबाट लगभग तीन सय मिटर दक्षिणतर्फ सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह नजिकै भेटिएको प्रहरीले जनाएको छ ।

बोरा भित्र हातखुट्टा बाँधेर फालिएको अवस्थामा भेटिएको शव टाउकोमा गंभिर चोट लागेको छ । उनको शरिरमा एउटा स्लाक्स् मात्र लगाएको अवस्थामा फेला परेको छ । बोरामा एउटा खैरो रंगको कोट, तन्ना र रमिलाको जामा पनि फेला परेको छ ।

एक छोरीकी आमा समेत रहेकी रमिला पछिल्लो समयमा योगेन्द्र गुरुङको प्रेमिका रहेकी थिईन् । बाहिर मापसे गरेर गुरुङको घरमा पुगेपछि झगडा भएको र सोही क्रममा राईको हत्या गरेको बयानबाट खुलेको छ।

योगेन्द्रले बयानको क्रममा रमिलाको हत्या गरि कोशी व्यारेजमा फालेको प्रहरीलाई दिएपछि त्यहाँ खोजी गर्नेक्रममा रमिलाको शव फेला परेको हो ।

रमिला फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएपछि प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको हो । रमिला बेपत्ता भएपछि आफन्तले प्रहरीलाई खवर गरेका थिए।

तत्कालीन नेकपा एमालेका पूर्व बेलबारी अध्यक्ष गुरुङ रमिलासँग प्रेम सम्बन्धमा रहेको पाइएको छ । गुरुङकी श्रीमती र दुई छोरा काठमाडौंमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्