Logo
११ कार्तिक २०७७
(Tuesday 27th October 2020)

लन्डन क्लब आर्सनलले कार्डिफ सिटीलाई २–१ ले पराजित



एजेन्सी – गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा उक्लिएको छ । 

आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै पाँचौ स्थानमा उक्लन सफल भएको हो । युनाइटेड मंगलबार राति नै बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । आर्सनलले चौथो स्थानमा रहेको चेल्सीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि परेको हो । आर्सनलको २४ खेलबाट ४७ अंक पुगेको छ । एक खेल कम खेलेको चेल्सीको पनि ४७ अंक नै रहेको छ । युनाइटेड ४५ अंकसहित छैटौ स्थानमा छ ।

आर्सनलाई घरेलु मैदानमा जित दिलाउन पिएरे हेनरिक औवामियाङ र एलेसानद्रे लाकाजेट्टीले गोल गरे । कार्डिफका नाथानिल मेन्डिज लाइङले सान्त्वना गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको ६६औं मिनेटमा पिएर हेनरिक औवामियाङले पेनालटीमार्फत गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए । बाम्वाले एलेक्स इओवीलाई फल गरेपछि आर्सनलले पेनाल्टीको मौका पाएको थियो । जसलाई पिएरेले सदुपयोग गरे ।

प्रतिक्रिया दिनुहोस्