Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

५० वर्ष अघिको भोगचलन जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमाया मिडियामा आईन्



काठमाडौं । ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्ने माग गरेकी छिन् । रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै चितवन भरतपुर–१० निवासी लामाले आफुहरुले २०२७ सालमा अस्थायी जोताहा पुर्जा प्राप्त गरेको जमिन हडपेको सुनाईन् । उनले भनिन्,‘तर, उल्टै हामीले त्यो जग्गा हडेपेको आरोप लागेको छ, हामीमाथि ठूलो अन्याय भएको छ, न्यायको लागि धेरै ठाउँमा ढक्ढकायौं । तर, कतैबाट पनि अहिलेसम्म न्याय प्राप्त भएको छैन् ।’

राजनीतिक शक्तिको आडमा न्यौपाने दाजुभाईले आफुलाई पटक–पटक दुःख दिएको उनको आरोप छ । न्यायको लडाई लड्न सर्वाेच्चबाट निस्सा पाउन नसकेको दुःखेसो समेत उनले पोखिन् ।
श्रीमानको निधन भएदेखिनै आफूले पटक–पटक परिचालित मान्छेबाट मानसिक तथा शारिरिक रुपमा पीडा पाईरहेकोे उनले सुनाईन् । उनले थपिन्,‘त्यो जग्गा मैले नै जंगल काटेर खेतियोग्य बनाएको हो । २०४४ सालमा जग्गा दर्ताको समयमा पनि मेरै नाममा दर्ता गराएको जग्गा कसरी र कहिले अन्य ब्यक्तिको नाममा दर्ता भयो, यसबारेमा मलाई कुनैै जानकारी छैन् ।’
उनकाअनुसार जोताहा पुर्जा आफ्ना स्वर्गीय पति बिकु लामाको नाममा जारी थियो । उनले भनिन्,‘त्यसको प्रमाण हामीसंग अझैपनि सुरक्षित छ ।’
हाल आफ्नो घरको ‘कम्पाउण्ड’भित्र रहेको जग्गा १३ जनाले किनबेच गरिसकेको पनि लामाले जनाईन् । २०७० सालमा बिपक्षीहरुले आफु र आफ्नी छोरीमाथि २ कठ्ठा १७ धुर जग्गा जबरजस्ती कब्जा गरेको आरोपमा उल्टै मुद्दा चलाएको उनले सुनाईन् ।
आफुहरुमाथि चलाएको उक्त मुद्दाको प्रतिउत्तर दिँदै आउँदा जिल्ला अदालत चितवनले न्याय नदिएको पनि उनले दुःखेसो पोखिन् । उनले थपिन्,‘जिल्ला अदालतमा हामीले न्याय नपाउँदा उच्च अदालतपनि गयौं, तर उच्च अदालतले जिल्ला अदालतकै निर्णयलाई सदर गर्दे हामीलाई नै उल्टो दोषी देखायो । हामीमाथि अदालतबाट पनि न्याय भएन् । हामी धेरै दुःखी छौं ।’
आफूले निस्सा प्राप्त गरि पाँउ भनेर सर्वाेच्च अदालतमा निवेदनसमेत दिएको उनले सुनाईन् । सर्वाेच्चले पनि निस्सा नदिँदा आफु न्यायको लडाई लड्नबाट बञ्चित भएको उनको गुनासो छ ।
आफ्ना विपक्षीहरुले २०७० बैशाख २८ गते उनीहरुको जग्गा अतिक्रमण गरेको भनेर भ्रामक बिषयबस्तु बनाई झुठो मुद्दा दायर गरेको उल्लेख गर्दै उनले भनिन्,‘हामीमाथि झुठो मुद्दा चलाईयो, त्यो उनीहरुको जग्गा हड्प्ने षड्यन्त्र थियो ।’
सर्वोच्चबाट मुद्दा जितेको भन्दै विपक्षी न्यौपानेले आफूहरुले भोगचलन गर्दै आएको जग्गा मागेको पनि उनले सुनाईन्

प्रतिक्रिया दिनुहोस्