Logo
०८ असोज २०७७
(Thursday 24th September 2020)

नेपाल र जापानबीच कामदार आपुर्ति गर्नेबारे श्रम सम्झौता



काठमाडौँ । नेपाल र जापानबीच कामदार आपुर्ति गर्नेबारे श्रम सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच कामदार आपूर्तिबारे सहकार्यको समझदारी एमओसीमा दुई देशबीच हस्ताक्षर भएको हो।

ललितपुरको कुपण्डोलस्थित हिमालयन होटलमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले समझदारी पत्रमा हस्ताक्षर गरका हुन् ।

सम्झौताअनुसरा जापान रोजगारीमा जानका लागि एनफोर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने प्रावधान राखिएको छ । जापान रोजगारीका लागि वर्षमा बढीमा ६ पटकसम्म भाषा परीक्षा सञ्चालन हुनेछ ।

सम्झौता कार्यक्रममा बोल्दै श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले नेपालीका लागि जापान रोजगारीको नयाँ र राम्रो गन्तव्य बन्ने बताए।

जापानले कामदार आपुर्तिका लागि छनोट गरेका ९ देशमध्येबाट नेपाल पनि पर्न सफल भएको हो ।
रोजगारीमा जाने कामदारको भर्ना प्रक्रियाका विषयमा छिटै काम हुनेमा उनले विस्वस्त पारे। नेपाली श्रमिकले जापानमा उचित सेवा सुविधा पाउने र नेपालको रेमिट्यान्स अभिवृद्धिका लागि सहयोग पुग्ने उनको भनाई थियो ।

मन्त्री विष्टले जापानले श्रमिक कामदारको रुपमा लान लागेको ९ ओटा देशमध्ये नेपाल दोस्रो मुलक बन्ने बताए ।

अब भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट, लागतसहितका विषयमा छलफल गरेर कामदार पठाउने प्रक्रिया थालनी हुने जनाइएको छ ।

जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा विदेशी कामदार लैजाने बताएको छ । जसमा नेपालीले नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायतका क्षेत्रमा जान पाउनेछन् । नेपालबाट झण्डै ४० हजार कामदार लगिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्