Logo
१३ कार्तिक २०७७
(Thursday 29th October 2020)

विप्लव समूहको नेकपा चैत भित्रै वार्तामा नआए नियन्त्रणमा



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई चैत भित्रै वार्तामा आउन आग्रह गरेका छन् ।

सोमबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले विप्लव हतियार बिसाएर वार्तामा नआए पक्राउ गर्ने चेतावनी समेत दिए ।

हिंसाको बाटोलाई छोडेर सहमतिमा आए ढोका खुला रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । हत्याको योजना बनाउनेले छुट नपाउने प्रधानमन्त्रीको भनाइ रहेको छ । त्यस्तो गर्नेलाई नियन्त्रणमा लिएर सुधार्ने दायित्व सरकारको भएको उनको भनाई थियो ।

विकास निर्माण , शिक्षा, स्वास्थ्यमा अवरोध मान्छे मार्ने जस्ता क्रियाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिने प्रधानमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्