वहालवाला सचिव थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस
काठमाण्डौं । सामान्य प्रशासन मन्त्रालयका वहालवाला सचिव दिनेश थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका छन्।
सोमबार बसेको सम्बैधानिक परिषद्को बैठकले रिक्त प्रमुख निर्वाचन आयुक्तमा वहालवाला सचिव थपलियालाई सिफारिसको निर्णय गरेको हो।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको कार्यकाल आइतबार १० चैत्रमा सकिएपछि थपलियालाई सोही पदका लागि सिफारिस गरिएको हो।
परिषदले राष्ट्रिय समावेशी आयोगको सदस्यमा मकवानपुरकी विष्णुमाया ओझाको नाम सिफारिस गरेको छ।
परिषदका सदस्य रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भने आजको बैठकमा अनुपस्थित थिए। प्रशासकिय अनुभवमा अब्बल थपलिया कडा स्वभावका प्रशासकका रुपमा परिचित छन् ।