Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

डरलाग्दो भ्रष्टाचार मुद्दाका आरोपी गाहामगर कर्णाली प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार



काठमाडौं । डरलाग्दो भ्रष्टाचार मुद्दाका आरोपी रत्न गाहामगर कर्णाली प्रदेशका मुख्यमन्त्रीको सल्लाहकार नियुक्त भएका छन् । भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको रत्न गाहामगरलाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गरिएको हो।

कर्णाली प्रदेश सरकारले उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको हो।
काठमाडौंको भृकुटीमण्डपस्थित पार्कको जग्गा ठेकेदारलाई भाडामा दिँदा ठुलो मात्रामा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मगरसहित परिषद्का तत्कालीन पदाधिकारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

समाज कल्याण परिषदको तत्कालीन कोषाध्यक्ष रहेका मगरविरुद्ध अख्तियारले समाज कल्याण परिषदमा हुँदा  भ्रष्टाचारमा संलग्न रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३२ करोड ५२ लाख भ्रष्ट्राचार भएको हो । समाज कल्याण परिषद र अन्य व्यक्तिको मिलेमतोमा भ्रष्ट्राचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टी समेत गरिसकेको छ ।

आयोगले भ्रष्ट्राचारमा संलग्न रहेको भन्दै १४ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरको हो। मुद्दा दायर हुनेहरुमा तत्कालिन विभागिय मन्त्री बद्री प्रसाद न्यौपाने, कुञ्ज बिहारी प्रसाद चौधरी, रबिन्द्र कुमार, मोशनराज शर्मा, मदन कुमार लाल कर्ण, हरी न्यौपाने, टेक बहादुर गुरुङ, रविन्द्र गुरुङ, रत्न गाहामगर, मदन प्रसाद रिमाल, बल बहादर स्वार, प्रेम सिहँ धामी र जगदेव चौधरी रहेका छन् ।

तर, उनै मगरलाई गत चैत ९ गते बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहाकारमा मनोनयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्