Logo
Logo

आगलागीमा २ बालिकासहित ३ जनाको जलेर ज्यान गयो



सांकेतीक तस्बिर

सिरहा । जिल्लाको छुट्टाछुट्टै स्थानमा शनिबार भएको आगलागीमा २ बालिकासहित ३ जनाको जलेर ज्यान गएको छ ।धनगढीमाई नगरपालिका–१४ मा आगलागीमा हुँदा दुई बालिकाको जलेर मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।

आगलागीमा दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा धमला र नित पोखरेलकी ७ वर्षीया छोरी रीता पोखरेलको जलेर ज्यान गएको हो ।

घुरबाट सल्केको आगोले गोठमा खेलिरहेका बालबालिकालाई टिपेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरमा कोही नभएका बेला लागेको आगोको भेउ नपाउँदा दुवै बालिका त्यही जलेको प्रहरीले जनाएको छ ।

त्यस्तै, जिल्लाकै कल्याणपुर नगरपालिका–७ स्थित घरमा सुतिरहेकै अवस्थामा आगलागी हुँदा ६५ वर्षीया वनारसीदेवी सदाको जलेर मृत्यु भएको छ ।

सदाको घरमा एक्कासि आगो लाग्दा उनीसहित घर जलेको छ । जसबाट १ लाखभन्दा बढीको धनसम्पत्ति जलेर नष्ट भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना