Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

एपिएफ क्लब सुजुकी महिला डबल लिग भलिबलमा शीर्षस्थानमा



काठमाडौं । डिफेन्डिङ च्याम्पियन विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शीर्षस्थानमा यथावत रहेका छन् ।

पहिलो राउन्डको अन्तिम खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ शीर्षस्थानमा यथावत रहन सफल भएको हो । एपिएफ ले पुलिसमाथि २५–१७, २५–१८ र २५–२१ को सहज जित निकाल्यो ।

एक खेल बढी खेलेको पुलिससँग अंक बराबरी रहेपनि हेड टु हेडमा एपिएफ अघि रहेको हो । अपराजित रहेको एपिएफको ८ खेलबाट २४ अंक पुगेको छ । एपिएफसँग पराजित पुलिसको ९ खेलबाट २४ अंक रहेको छ । मंगलबारै पुलिसले चितवन टाइगर्समाथि २५–६, २५–२१ र २५–१३ को जित निकाल्यो ।

अर्काे खेलमा आर्मीले सामाखुशी इंग्लिल बोर्डिङ स्कुल (सेव) माथि २५–,२२, २५–२१ र २५–१० को सहज जित निकाल्यो । अर्काे खेलमा पश्चिमालले श्रीगाँउ खेलकुद विकास समिति दाङमाथि ३–० को सहज जित निकाल्यो । पश्चिमाञ्चलले श्रीगाँउमाथि २५–१३, २५–१४ र २५–९ को सहज जित आत्मसात ग¥यो । वर्षाका कारण मंगलबारको लागि तय भएको एपीएफ र चितवन टाइगर्सबीचको अन्तिम खेल हुन सकेन ।

दोस्रो राउन्ड सुरु हुदा एपीएप २४ अंकसहति शीर्ष स्थानमा, पुलिस २४ अंकसहति दोस्रो तथा आर्मी २१ अंकसहित तेस्रो स्थानमा छ । १६ अंक जोडेर पश्चिमाञ्चल चौथो, ११ अंकसहित सेव पाँचौ, १० अंकसहति श्रीगाँउ छैटौ र ८ अंक जोडेर चितवन सातौ स्थानमा रहेको छ । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्राप्त गर्नेछन् । प्रतियोगिता ५ माघबाट १९ माघसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्