Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्व गुरुङले गर्ने



काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रिक्त नेतृत्वका वारेमा दाबी किटानसहित विभिन्न नेताको नाम चर्चा चलाएपनि दोलखाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद पार्वत गुरुङले बाजी मार्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालविच दोलखाका सांसद गुरुङलाई संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने सहमति भएको हो । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालयको नेतृत्व खाली भएको हो ।

दुई नेतृत्वविच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा कसलाई पठाउने भन्नेमा केही फरक मत भएपनि अन्नतः गुरुङलाई नै अवसर दिने सहमति भएको स्रोतको दाबी छ । पार्वत गुरुङ प्रतिनिधि सभा निर्वाचनमा सवैभन्दा बढि मत ल्याएर निर्वाचित हुने नेकपाका सांसद हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा योगेश भट्टराई मुख्य दावेदार भएपनि जवरजस्त साना साइजका केही संञ्चार माध्यमले अनुमानमा केही नेताको नाम उल्लेख गर्दै आएका थिए । उनी पर्यटकीय जिल्ला दोलखाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छन् ।

केही समयअघि अधिकारी सवार एयर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङ्गको पाथिभरा दर्शन गरेर फर्किने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा मन्त्री रवीन्द्र अधिकारीका साथै यति एयरका सञ्चालक आङछिरिङ शेर्पा क्याप्टेन प्रभाकर के।सी उड्ययन प्राधिकरणका उपमहानिर्देशक बिरेन्द्र प्रसाद श्रेष्ठ मन्त्रीअधिकारीका पीएसो अर्जुन घिमिरे, इन्जिनियर नेपाल नागरिक उड्ययन धुब्रदास भोछिभाया र प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका उपसचिव युवराज दाहालको निधन भएको थियो ।

यता, दुई नेतृत्वविच तत्काल मन्त्रीमण्डल फेरबदल नगर्ने सहमति समेत भएको छ । केही दिनयता मन्त्रीमण्डल फेरबदलका वारेमा अनुमानका समाचार आईरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्