Logo
Logo

पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाको काँग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी, सहयोगको लागि अपिल



काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् । काँग्रेस सोलुखुम्बुका नेता समेत रहेका आङछिरिङ शेर्पाले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।

पर्यटन ब्यवसायी एवं काँग्रेस नेता शेर्पा विगत लामो समयदेखि काँग्रेसमा क्रियाशिल छन् । जिल्लाको सामाजिक कार्यमा समेत सक्रिय शेर्पा पर्यटन क्षेत्रका स्थापित व्यक्ति हुन् । शेर्पाले भने अब केन्द्रीय कार्यसमितिमा रहेर संगठन निर्माण गर्ने योजना बनाएको छु । त्यसका लागि एकपटक अवसर दिन उनले सम्पुर्ण महाधिवेशन प्रतिनिधीलाई आग्रह गरेका छन् ।

काँग्रेसलाई देशको पहिलो पार्टी बनाउन आफु लागि पर्ने बताउदै शेर्पाले भने देशको समृद्धीको आधार बनाउने पार्टी पनि काँग्रेस नै रहेको दावी गरे । कम्युनिष्टहरुले देश चलाउन सक्दैनन, उनले भने गएको चुनावका दुई तिहाइ बहुमत पाउँदा पनि उनीहरुले देश चलाउन नसकेको कारण काँग्रेसको विकल्प नरहेको बताए ।

हाम्रो मात्र भएर भएन राम्रो नेता आउनका लागि पनि आफुले काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको शेर्पाले बताए । नेता शेर्पाले महाधिवेशन प्रतिनिधिलाई म जसरी पर्यटन क्षेत्रमा सफल भए अब नेतृत्व तहमा रहेर काँग्रेसलाई सफल बनाउनका लागि मतदान गर्न अनुरोध गर्दछु ।

क्रियाशिल सयौँ पर्यटन व्यवसायीलाई काँग्रेसमा प्रवेश गराएका नेताले शेर्पाले भने देशको समृद्धीको आधार पर्यटन क्षेत्र हो । यो क्षेत्रको लामो अनुभव भएका कारण पनि महाधिवेशन प्रतिनिधीले यस्को सहि मुल्यांनक गर्ने गर्नेमा आफु ढुक्क रहेको बताए । शेर्पा सोलुखुम्वुका स्थापित काँग्रेस नेता हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको