Logo
Logo

काँग्रेस युवा नेता प्रकाससिहं कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा



काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । १४ औं महाधिवेशन उद्घाटनअघि नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैविच काँग्रेस युवा नेता प्रकाससिहं कार्कीले खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समय काँग्रेस राजनीतिमा सक्रिय कार्कीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । राजनीति, सामाजिक कार्यका साथै व्यवसायमा समेत आवद्ध कार्कीले संगठित, समावेशी, गतिशिल संवृद्धी निमार्णका लागि उम्मेदवारी दिएको बताए ।

कार्की गृहजिल्ला सोलुखुम्वुको राजनीति गतिविधीका साथै सामाजिक कार्यमा समेत निकै सक्रिय छन् । सक्षम, सुदृढ, प्रविधि मैत्री र संवृद्ध काँग्रेस निर्माणका लागि पनि महिले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएको हुँ कार्कीले भने । काँग्रेस नेता सिंहले पार्टीको विभिन्न संगठनको नेतृत्व गरिसकेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँको सुन्धारामा रहेको केन्द्रीय कारागार जगनाथ देवलमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ