Logo
Logo

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो



काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको छ । ध्रुव थापाको प्यालनबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिएकी श्रेष्ठ तीन वर्षदेखि नाडामा सक्रिय छिन् ।

अटोमोवाइल व्यवसायको श्रेत्रमा परिपक्क मानिएकी श्रेष्ठ बिवाइडी (BYD) गाडीको आयातकर्ता समेत हुन् । उनले लामो समयदेखि लिथियन आयन व्याट्ीको समेत व्यवसाय गर्दै आएकी छिन् । अटोमोवाइल व्यवसायमा आवद्धको हितका लागि उम्मेदवारी घोषणा गरेकी श्रेष्ठले नाडाको सदस्य विस्तारका लागि विशेष पहल गर्ने बताइन ।

अब बनाउनु छ, नाडा सवै आटोमोविल्सको साझा नारा बोकेर उम्मेदवारी दिएकी श्रेष्ठले भनिन यो व्यवसायमा आवद्धको हितका लागि जस्तोसुकै योगदान दिन तयार छु ।

श्रेष्ठले भनिन्, नेपालमा अटोमोबाइल क्षेत्रलाई उत्पादनशिलता,शीपबिकास, जनशक्ति, नीतिनिर्माण र लजिस्टिक सुलभताको सन्दर्भमा सबै सदस्यको समावेशीताको माध्यमबाट विश्वव्यापी रूपमा बिकशित प्रबिधिसँग तालमेल गर्न चाहन्छु। नेपालमा विद्युतीय सवारीसाधन (BYD) को विश्वव्यापी अग्रगामी आयातकर्ता भएकाले म नेपालमा दिगो विद्युतीय सवारीको इकोसिस्टमको विकासमा ध्यान दिनेछु।

म सामुहिक एजेन्डाका लागि मात्र नभई ति एजेन्डाहरुको समयमै कार्यान्वयनका लागि पनि वकालत गर्न मेरो क्षमताले सक्दो प्रयास गर्नेछु। नाडाको यहि मङ्सिर २२ र २३ गते हुन गैरहेको निर्वाचनमा मलाई र ध्रुव थापाको प्यानललाई भोट गरी केन्द्रीय कमिटी सदस्यको उम्मेदवारको रुपमा उम्मेदवार बन्ने मौका दिनुहुन हार्दिक अनुरोध गर्दछु ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका