
काठमाण्डौं । विवादित व्यवसायीद्धय आनन्द बतास र बालकृष्ण शिवाकोटीले पशुपति विकास कोषलाई नै कब्जामा लिने प्रयास गरिरहेका छन् । भुमाफिया बतास र रक्तचन्दन तस्करीका नाममा वदनाम शिवाकोटीले आफनो स्वार्थपूर्ति गर्न पशुपति विकास कोष नै आफुअनुकल बनाउँने प्रयास गरेका हुन् ।
कोषको ठुलो बजेटका साथै कोषको नाममा रहेको काठमाण्ठौं गोठाटारको वालुवाखानीमा गिद्धे आखाँ लगाउँदै आएका बतास र शिवाकोटी आफु अनुकुलको कोषाध्यक्ष नियुक्ती गरेर सो वालुवाखानी कौडीको मुल्यमा हत्याउने दाउमा कोषको कोषाध्यक्ष पकेटको व्यक्ति ल्याउन नेताहरुको घरदैलो पुगिरहेका छन् ।
करोडौंको आश्वासन दिँदै बतास र शिवाकोटी नेकपा एकिकृत समाजवादीका उपल्लो तहका नेताहरुको दैलोमा पुगेको सोही पार्टीका एक नेताले बताए ।
कोषको कोषाध्यक्षको नियुक्तिका लागि सिफारिस भइसकेकी सहारा न्यौपानेको सिफारिस कुनै पनि हालतमा बदर गर्न वदनाम व्यवसायीद्धय बतास र शिवाकोटी अर्का बदनाम व्यक्ति शशि पाण्डेलाई ल्याउन कम्मर कसेका लागिपरेको पर्यटन मन्त्रीका एक स्वकिय सचिवले बताए ।
संस्कृति तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई समेत दबाब दिएर सहाराको ठाउँमा पाण्डेलाई ल्याउने चलखेल भएको हो ।
जग्गा दलाली पाण्डे सेटिङमा माहिर व्यक्तिका रुपमा समेत परिचित छन् ।