
सपना
आज ह्याप्पी वर्थडे
बिलाई जाने सपनाको
कुरा नगरौ प्रिय!
र्दकिएको असारे झरीमा
हिलाम्मे बाउसेको
लटरम्म फूलेको
मिठो मुस्कानको
कुरा गरौ
एक मुठी !!!
निलो सपनाको कुरा गरौ
हामीले सजाएको त्यो
फ्रेमको पछिल्लतिर
भत्किएको/चरकिएको
ईतिहास रचेको
भित्ताको कुरा गरौ
पग्लिजाने सपनाको
रडंले पोतिएको
यो केकको के कुरा गरौ ?
२८ अगष्ट २०२१ टुसाल , महाराजगंज