
काठमाण्डौं । नेपाली काँग्रेसले संगठन विभागको आमन्त्रित केन्द्रिय सदस्यमा चन्दा अधिकारीलाई नियुक्त गरेको छ । जनसम्पर्क समिति क्यानडाको उप सभापति समेत रहेकी अधिकारीलाई काँग्रेस संगठन विभागले आमन्त्रित केन्द्रिय सदस्यमा नियुक्त गरेको हो ।
विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेकी अधिकारीले नेपाल विद्यार्थी संघको विभिन्न पदमा वसेर काम गरिसकेकी छिन् । केही समय यता क्यानडामा वस्दै आएकी अधिकारी त्यहाँ पनि काँग्रेस भातृ संगठन जनसम्पर्क समितिलाई बलियो र कृयाशिल बनाउन सक्रिय छन् ।