
शरदविक्रम राणा
कार्यकारी निर्देशक
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्र
कार्यकारी निर्देशक
व्यापार प्रवद्र्धन तथा निकासी केन्द्र
म व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रबाट चार वर्षको कार्यकाल पूरा गरी केहि दिन अघि सेवा अवकाश भए र कोरोना रोगको महामारीको कारण मेरो विदाई हिजो मात्र भयो ।
यस चार वर्षको कार्यकालमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले व्यापार सहजिकरण, निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन, व्यापार सम्बद्ध पुर्वाधार निर्माण, व्यापार सूचना प्रणालीको शुरुवात, व्यापार कुटनितिको तथा टे«ड इन्टेलिजेन्सको थालनी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला तथा एक्सपोजिसन, निर्यात व्यापार सम्बन्धि बिभिन्न निति तथा रणनीति निर्माण, सरोकारवालालाई निर्यातसँग सम्बन्धित विभिन्न क्षमता अभिवृद्धि सम्बन्धि तालिमहरु आदि तर्फ उपलब्धिहरू हासिल गर्न सफल भइयो ।

यसका अलावा कोविड-१९ को जोखिम अबस्थामा समेत कार्यालयमा अहोरात्र उपस्थित भई कोविड-१९ को कहर पश्चात नेपालको अन्तरराष्ट्रिय व्यापारमा हुन सक्ने बृद्धि, ह्रास सम्बन्धी बृहत विश्लेषण, नेपाललाई बिभिन्न मित्रराष्ट्रहरुबाट प्राप्त सुविधाहरुको विश्लेषण तथा नेपाल सरकारद्वारा विभिन्न समयमा लागू गरेका व्यापार सम्बन्धि निति, रणनीति तथा कार्यक्रमहरुमा गरिएको अपेक्षाकृत लाभ र प्राप्त उपलब्धिहरुको विश्लेषण लगायत कतिपय महत्वपूर्ण कार्यहरु सम्पन्न भए ।
जसको मुख्य श्रेय मलाई अहोरात्र सहयोग गर्ने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रमा दत्तचित्त भएर केन्द्रको समग्र प्रगतिको लागी कार्यरत मेरा कर्मचारी मित्र, साथै, विभिन्न समयमा मार्ग निर्देश तथा सहयोग गर्न यस समितिका अध्यक्ष माननिय मन्त्रीज्यू पूर्वमन्त्रीज्यूहरु, सचिवज्यूहरु तथा पूर्वसचिवज्यूहरु, निजी क्षेत्रबाट समिति सदस्यको रुपमा प्रतिनिधित्व गर्ने अध्यक्षज्यूहरु पूर्वअध्यक्षज्यूहरु विशेष आभार व्यक्त गर्दछु ।
अन्य समिति सदस्यज्यूहरु तथा पूर्व सदस्यज्यूहरु, केन्द्र स्थित पूर्व नेतृत्वमा रहेका व्यक्तित्वहरू तथा पूर्व कर्मचारी मित्रहरु, विभिन्न मन्त्रालयमा कार्यरत सम्मानित व्यक्तित्वहरु, पूर्वकार्यरत व्यक्तित्वहरु तथा कर्मचारी मित्रहरु, विदेशस्थित कार्यरत नेपाली दूतावास तथा महावाणिज्य दूतावासका राजदूत महोदय, महावाणिज्यदुत तथा उक्त नियोगहरूमा कार्यरत कर्मचारी मित्रहरु, विभिन्न संघ संस्थामा लगायत निजी क्षेत्रका सम्पूर्ण छाता संगठनका पदाधिकारीज्यूहरु तथा कार्यरत कर्मचारी मित्रहरु, बिभिन्न विदेशी कुटनैतिक नियोगमा कार्यरत महामहिम तथा कर्मचारीज्यूहरु, बिभिन्न दात्री निकायमा कार्यरत पदाधिकारी ज्यू तथा कर्मचारीज्यूहरु, मेरा मित्रहरु, विभिन्न सन्चार माध्यममा कार्यरत पत्रकार तथा मिडियाकर्मीज्यूहरु सम्पूर्णलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

साथै, मैले विगतमा बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ तथा संस्थाहरुमा कार्य गर्दाको अनुभव तथा ज्ञानहरुको उच्च मुल्यांकन गर्दै यस व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशको पदमा नियूक्तिको लागी सिफारीस गर्ने पूर्वसचिवज्यू, पूर्वसहसचिवज्यू लगायत प्रति आभार प्रकट गर्न चाहन्छु ।

यस अवधिमा मैले हासिल गरेका अनुभवहरुलाई आगामी दिनहरुमा ब्यापार सहजीकरण तथा निर्यात प्रवर्द्धनका लागी उपयोग गर्ने सोच लिएको छु । अन्तमा, मेरो नेतृत्व तथा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र तथा अन्य सरकारी निकायमा कार्यरत कर्मचारी साथीहरु तथा निजी क्षेत्रका उधमी मित्रहरुको अथक प्रयासमा शुरु गरिएका ब्यापार सहजीकरण तथा निर्यात प्रवर्द्धन सम्वन्धि कतिपय नविन कार्यहरुले निरन्तरता प्राप्त गर्नेछन् भन्ने मैले आशा लिएको छु । धन्यवाद ।