Logo
Logo

वरिष्ठ अर्थशास्त्री प्राध्यापक डा. दाहालको निधन



काठमाडौं। अर्थशास्त्री प्राध्यापक डा मदनकुमार दाहालको निधन भएको छ । शुक्रबार दिउँसो काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा उनको निधन भएक हो।

वरिष्ठ अर्थशास्त्री सरकारी वित्तका विज्ञ दाहाल त्रिभुवन विश्वविद्यालयमा चार दशकदेखि अध्यापन गराउँदै आएका थिए। उनले सयौं विद्यार्थीलाई विद्यावारिधिसमेत गराएका थिए।

साढे चार दशकदेखि अर्थविश्लेषक र प्राध्यापक पेशा र क्षेत्रमा संलग्न दाहालको निधनले आर्थिक उदारीकरणका क्षेत्रमा गम्भीर क्षति पुगेको विज्ञहरुले प्रतिकृया दिएका छन् ।

सरल स्वभावका आर्थिक क्षेत्रमा प्रोफेसर दाहाल क्रिटिकल अप्रेजल ब्यक्तिका रुपमा समेत चिनिन्छन।

मेगा बैंकको सञ्चालक समिति अध्यक्ष समेत भइसकेका उनको दर्जनौ अनुसन्धानहरु प्रकाशित छन्। अर्थशास्त्रमा विद्यावारिधि दाहाल नेपाल आर्थिक संघको पूर्व अध्यक्षसमेत हुन्। संघ अर्थशास्त्रीहरुको संगठन हो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका