Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

राजदुत अधिकारीले पाकिस्तानी व्यवसायीलाई नेपाल भ्रमणको तयारी गर्न गरे आग्रह



 

पाकिस्तान । पाकिस्तानका लागि नेपाली राजदुत तपस अधिकारीकाले पाकिस्तानको गुजर्नवाला चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको भ्रमण गर्नुका साथै उद्योगी व्यवसायीसँग छलफल गरेका छन् । भ्रमणका क्रममा राजदुत अधिकारीले गुजर्नवाला चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका अध्यक्ष उमर अशरफ मुगल र चेम्बरका कार्यकारी समितिका सदस्यसँग छलफल गरेका हुन् । छलफलको क्रममा नेपाल पाकिस्तान द्विपक्षीय सम्बन्ध र दुई छिमेकी मुलुकबीचको आर्थिक सम्भाव्यतामाथि गंभिर कुराकानी भएको दुतावासले जनाएको छ ।


छलफलमा राजदुत अधिकारीले नेपाल सरकारको लगानी नीतिलाई जोड दिँदै द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउँदै नेपालमा उपलब्ध आर्थिक अवसरको खोजी गर्न पाकिस्तानी व्यवसायीलाई आग्रह गरेका थिए । हिमाली पर्यटन केन्द्रको रूपमा उनीहरूलाई नेपाली अतिथि सत्कारको लागि नेपाल भ्रमण गर्ने योजना बनाउन समेत राजदुत अधिकारीले पाकिस्तानी व्यवसायीलाई आग्रह गरे ।

राजदुत अधिकारीसँगको छलफलमा पाकिस्तानी व्यवसायीले सहज स्थिती भए लगत्तै नेपाल भ्रमण गर्ने आश्वासन दिएका थिए । छलफल कार्यक्रममा अध्यक्ष मुगल लगायत अन्य व्यवसायी सदस्यले गुजर्नवालाको व्यापारिक गतिविधि प्रस्तुत गरेका थिए। व्यवसायीसँगको छलफलमा ठूलो संख्यामा उर्दू र पंजाबी मिडियाको उपस्थिती रहेको थियो ।


गुजरानवाला एक शहर र पंजाब, पाकिस्तानमा अवस्थित गुजरानवाला डिभिजनको मुख्यालय हो। यो शहर पाकिस्तानको पाँचौं सबैभन्दा बढी जनसंख्या भएको महानगर समेत हो। यो शहर सिख साम्राज्यका संस्थापक महाराजा रंजीत सिंहको जन्मस्थल समेत हो। कराची र फैसलाबाद पछि गुजरांवाला पाकिस्तानको तेस्रो सबैभन्दा ठूलो औद्योगिक केन्द्र हो ।

करिब दुई दशक बढि कुटनीतिक प्रशासकको अनुभव भएका राजदुत अधिकारीलाई कुटनीतिक ज्ञाताको रुपमा समेत लिने गरिन्छ । राजदुत भएर पाकिस्तान गए लगत्तै अधिकारीकाले कोरोनाको महामारीकाविच पनि आफनो सक्रियतामा कमि दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्