Logo
१४ कार्तिक २०७७
(Friday 30th October 2020)

चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता भट्टराई



काठमाडौं । सरकारले नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता केशव भट्टराई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले भट्टराईलाई अध्यक्ष नियुक्त गरिएको जानकारी दिएका हुन् । लामो समयदेखि भट्टराई नेपाली चलचित्र क्षेत्रमा निर्माता, अभिनयमा क्रियाशिल छन् ।
यस अघिकी अध्यक्ष निकिता पौडेलले माघ २२ गते राजीनामा दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्