Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

रोटरी ल्कव अफ रुद्रमति काठमाण्डौंले सिन्धुलीमा स्वास्थ्य सामाग्री सहयोग



सिन्धुली । रोटरी ल्कव अफ रुद्रमति काठमाण्डौंले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको कोभिड हस्पिटललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । रोटरी ल्कव अफ रुद्रमतिले अक्सिजन कन्सन्टेटर, थर्मल गन, पल्स अक्सिमिटर, माक्स, हयाण्ड वास लगायत स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पुष्प कार्की, एवं प्रवक्ता दौलत कार्कीका साथै स्वास्थ्य शाखाको रोहवरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रुद्रमति काठमाण्डौं रोटरी ल्कवका अध्यक्ष सुदिप कोइरालाले बताए । मानिसहरुलाई कोरोनाबाट जोगाउन थोरै मात्रामा भएपनि गाउँपालिकाहरुमा स्वास्थ्य सामाग्री वितरण गरिएको अध्यक्ष कोइरालाको भनाई छ । रुद्रमति काठमाण्डौं रोटरी ल्कवले विपत्तीका बेला मानविय सहयोग गर्दै आएको छ ।

त्यसैगरि सुनकोसी सामुदायिक अस्पताल खुर्कोटका कोषाध्यक्ष तारा श्रेष्ठ ह्रयान्स पोलिक्लिनिक दुधौलीका अध्यक्ष वासुदेव अधिकारीको रोहवरमा ती स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री सहयोग गरेको पनि अध्यक्ष कोइरालाले बताए ।

स्वास्थ्य सामाग्री हस्तान्तरण समारोहमा विपत्तका वेला स्वास्थ्य सामाग्री सहयोग गरेकोमा श्रेष्ठ र अधिकारीले ल्कवलाई विशेष आभार व्यक्त गरेका थिए । स्थानीय समाजसेवी गौरव कार्कीले ल्कवले स्वास्थ्य सामाग्री सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा इन्जिनिर जगदिश कोइराला, निर्माण व्यवसायी उद्धव कार्कीका साथै अर्का व्यवसायी गणेश खत्रीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्