
काठमाण्डौ । सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मन्चले आफनो संस्थापक पूर्वमहासचिव पुष्पबहादुर बरुवालको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । मन्चले एक विज्ञप्ती प्रकाशित गरि बाह्रौ पूण्यतिथीमा बरुवालको निधनप्रति दुःख व्यक्त गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली संरक्षक पूर्वप्रधामन्त्री झलनाथ खनाल र अर्का एमाले नेता वामदेव गौतम सल्लाहकार रहेको मन्चले बरुवालको निधनले देशले एउटा कुशल व्यक्ति गुमाएको बताएको छ । मन्चका सचिव प्रविन दाहालले बरुवालको निधनले एउटा कुशल समाजसेवी व्यवसायीका साथै राजनीतिज्ञ गुमाएको बताए ।
बरुवालको निधनले मन्चलाई अपुणीय क्षति पुगेको दाहालले भने । पाथीभरा क्षेत्र विकास समितीका अध्यक्ष समेत रहेका बरुवालको कोरोना संक्रमण उपचारका क्रममा अमेरिकामा निधन भएको हो ।