Logo
Logo

“बादल तपाई मैदानमा उत्रिन जुन हिम्मत गर्नुभयो त्यो नै तपाईको बिजय हो“



मैदानमा उत्रिएपछि बिजय र पराजय अबस्य हुन्छ । यो विषम परिस्थितिमा कमरेड बादल तपाई मैदानमा उत्रिन जुन हिम्मत गर्नुभयो त्यो नै तपाईको बिजय हो ।


जसले आफ्नो उम्मेदवारी खडा गर्न सक्दैन जो आफ्नो पहिचान नै लिलाम गरेर अरुभित्र खेलेर आफ्नो निहित स्वार्थ पूरा गर्ने उदेश्य राख्नेहरुलाई यो सन्दर्भमा खास केही भन्नू नै छैन । अझैपनि बिगतका तितामिठा कुराहरू बिर्सिएर बरु एकपटक ठन्डा दिमागले घोत्लिएर सोच्दै फेरि कम्युनिस्ट आन्दोलनलाई एकताबद्द गर्न समय बाकी नै छ ।

यो सन्दर्भमा कमरेड बादललाई मतदान गरि कम्युनिस्ट आन्दोलन बचाउने इतिहास रच्ने यो सुनौलो अबसर पनि हो । बादलको उम्मेदवारीले सिङ्गो कम्युनिस्ट आन्दोलनको भबिस्य दिशानिर्देश गरेको छ । एकछिनको आबेगमा कसले के भन्छ कसले के गर्छ सवाल त्यो होईन । कमरेड बादल विरुद्ध गाली गलौजका हजारौं वर्षा हुँदा पनि त्यसको कुनै प्रवाह नगरी सत्यको पक्षमा बादल शतिसाल झैं उभिनु भयो । उहाँले गरेको यो असाधारण निर्णय आज सत्य साबित भएको समयक्रममा पुष्टि हुँदै गइरहेको छ ।

बादलले न हिजो छलछाम गर्नुभयो न आज ठोस बस्तुको ठोस बिस्लेसण गरि बर्तमान समस्याको सहि ढंगले पहिचान गरि समाधान गर्ने मार्ग पहिल्याउने कोशिस गर्दैहुनुहुन्छ । बादल कम बोल्ने तर आफ्नो अडान प्रति सधैं बफादार भएर खडा हुने बादलको इतिहास र बर्तमान हो ।

बर्तमान नेपालको सन्दर्भमा को कम्युनिस्ट हो र को गैरकम्युनिस्ट हो खुलेर बहस गर्न कसैले पनि हिच्किचाउनु हुन्न । हामी को कति कम्युनिस्ट भयौं भएनौ यो मूल्याकंन गर्ने जिम्मेवारी इतिहासलाई छोडिदिउ । हामी एकछिनको लागि होईन,व्यबहार बाटै नेपाली मौलिकताको कम्युनिस्ट बन्न कोसिस गरौं । जो जहाँ छौ हामी आपसमा दोहोरी गाएर होईन कि सकेको जनताको सेवा गर्दै जनउत्तरदायी बन्नतिर लागौं ।

फेरि पनि हामी क्रान्तिकारी उहाँहरु गैरक्रान्तिकारी यस्ता नक्कली कुरा गरेर फेरि जनता झुक्याउने कोशिस कसैले नगरौं । जनता कार्यकर्ता कोहि भ्रममा छन् जस्तो लाग्दैन सबैले सबैको नाडी छामिसकेका छन् । तर पनि हामी अलिअलि भ्रममा भएपनि समयले यी सबै प्रश्नहरुको उत्तर जरुर दिने नै छ ।

आजै सबै कुराको फैसला गर्ने न्यायाधीश हामी नबनौ । बरु भोलि जेष्ठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा कम्युनिस्ट आन्दोलनका एक धरोहर,जनयुद्धका एक कुशल कमान्डर,बर्तमान परिबर्तनका संबाहक,समृद्ध नेपाल सुखी नेपालीका एक अभियान्ता कमरेड रामबहादुर थापा ´बादल`लाई सुर्य चिन्हमा मतदान गरि अत्यधिक मतले बिजयी गराऔं ।।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं। राजधानी भन्ने बत्तिकै अग्ला र बाक्ला घर भएको महँगो ठाउँ बुझिन्छ। तर, उपत्यकामा