Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

केन्द्रिय उपाध्यक्ष पुष्प श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न




सिन्धुली– राष्ट्रिय युवा संघ, सिन्धुलीले केन्द्रीय कमिटिमा मनोनित हुनुहुने पदाधिकारी एवं केन्द्रीय सदस्यलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

मंगलबार पार्टी कार्यालयमा संघको केन्द्रिय उपाध्यक्ष पुष्प श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा विशिष्ट अतिथि विषमलाल अधिकारी, प्रदिप कटुवाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष पुष्प श्रेष्ठले युवाहरुको एक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘युवाहरु जुटेर देशको विकास र समृद्धिमा हात हाल्नुपर्छ । युवा जुटे देश बन्न समय लाग्दैन ।’ उहाँले नेकपा एमाले बलियो पार्टी भएको र प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा देशले कायापलट गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्