
काठमाण्डौं । प्रदेश तथा स्थानीय तहमा सहलगानीमा आयोजना सन्चालन तथा छनौटका लागि नीजि क्षेत्र समेतको सहभागितामा प्राविधिक समिति गठन भएको छ ।
![]()
मन्त्रीस्तरिय निर्णयमा उर्जा मन्त्रालयका सचिवको नेतृत्वमा गठन भएको प्राविधिक समितिले योजना प्राथमिकरण गरि स्विकृतीका लागि निर्देशक समितिका लागि सिफारिस गर्ने छ ।समिति सदस्यमा सम्वन्धित प्रदेशको भौतिक मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सहसचिव, समान्य प्रशासन मन्त्रालयका सहसचिव, आयोजना सन्चालन हुने स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत वा नीजले तोकेको प्रतिनिधी, पूर्वधार क्षेत्रमा कम्तिमा पाँच वर्षको अनुभव भएको दुई जना महिला विज्ञलाई नियुक्त गरिएको छ ।
सदस्य सचिव भने उर्जा तथा जलस्रोत मन्त्रालयको महाशाखाका सहसचिव रहने व्यवस्था गरिएको छ । महिला विज्ञमा उर्जा पूर्वधार विज्ञ पुजा दाहाल र विना खनाललाई नियुक्त गरेको छ ।
समिति सहलगानी सम्वन्धी कार्यविधि २०७७ को दफा १० बमोजिम समिति गठन भएको हो ।