
काठमाडौं। पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इस्लामावाद–काठमाडौं सिधा उडान सुरु गर्न पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआइए)लाई आग्रह गरेका छन्।
रावलपिण्डी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (आरसीसीआई)ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत अधिकारीले उक्त आग्रह गरेका हुन्।
इस्लामावाद–काठमाडौं सिधा उडानले पाकिस्तान र नेपालबीचको व्यापारलाई बढावा दिने उनले बताए। दुवै देशमा पर्यटनको प्रशस्त सम्भावना रहेको समेत उनले जनाए।