Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

नेपालमा नै पहिलो पटक अनलाईन मन्टेश्वरी तालिम सञ्चालन हुँदै



काठमाण्डौं । बेष्ट मन्टेश्वरी चेन स्कुलले नेपालमा नै पहिलो पटक अनलाईन मन्टेश्वरी तालिम सञ्चालन गर्ने भएको छ।

बेष्ट मन्टेश्वरी चेन स्कुलले सुःखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक तुल्याउन विकासको पहिलो खुट्किलो बालबालिका शिक्षालाई मध्यनजर गर्दै बालबालिका शिक्षा पद्दतीलाई सहज बनाउन अनलाईन मन्टेश्वरी तालिम सञ्चालनमा ल्याउन लागेको हो ।

आगामि २०७६ बैशाख १६ गते फ्रि ओरिन्टेशन सञ्चालनमा आउने भएको छ ।

नेपालमा नै पहिलो पटक सुविधा सम्पन्न प्रणालीबाट अनलाईन मन्टेश्वरी तालिम सुरु गर्न लागिएको हो । र, नेपालको सबै क्षेत्रमा अनलाईन मन्टेश्वरीलाई विकास गर्नु भनेको भविष्यका कर्णाधार आजका बालबालिकालाई वृद्धि विकासको लागि महत्वपुर्ण हुने मन्टेश्वरी तालिम आजको परिवेशमा अपरिहार्य भइसकेर्को बेष्ट मन्टेश्वरी चेन स्कुलकी एजुकेशन डाइरेक्टर तथा मन्टेश्वरी एसोसियसन नेपालकी अध्यक्ष शुष्मा लामाले बताईन् ।

विश्वमा निकै लोकप्रिय अनलाइन मन्टेश्वरी शिक्षा नेपालका लागि पनि अत्यन्तै उपयोगि हुने उनको विश्वस छ । आजको आवश्यकता व्यवहारिक शिक्षा नै भएकाले वालवालिकालाई सुरुदेखि नै रुचि अनुसारको शिक्षा दिनुपर्ने लामाको जोड छ ।

देशभर मन्टेश्वरी कार्यक्रम विकास गर्न २०७६ बैशाख १६ गते देखी सञ्चालन हुने फ्री ओरिन्टेशनमा सहभागि हुनका लागि ४४३०८१४ र ९८४३१४३८५ मा सम्पर्क गरेर सहभागी हुन सकिने डाइरेक्टर लामाले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्