Logo
Logo

राष्ट्रिय प्रजातन्त्र दिवस इस्लामावादमा एक कार्यक्रमको आयोजना गरि मनाइयो



इस्लामावाद ।
७१औं राष्ट्रिय प्रजातन्त्र दिवस इस्लामावादमा एक कार्यक्रमको आयोजना गरि मनाइयो।
कार्यक्रमको प्रारम्भ नेपालको राष्ट्रिय गानको सामूहिक गायनबाट गरि प्रजातन्त्र प्राप्तिको आन्दोलनमा वीरगति प्राप्त गर्नुहुने ज्ञात, अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो।
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो।


प्रजातन्त्र प्राप्तिको लामो र बलिदानपूर्ण संघर्षमा वीरगति प्राप्त गर्नुहुने ज्ञात, अज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पाकिस्तानका लागि नेपाली राजदूत महामहिम तापस अधिकारीले अमर सहिदहरुको त्याग र बलिदानबाट नेपालमा नागरिक हक र अधिकार आरम्भ भएको आजको दिन नेपाल र नेपालीको भाग्यमा एउटा नवीन सुरुवात लिएर आएको विषयमा चर्चा गर्नुभएको थियो।

उक्त अवसरमा देश र विदेशमा रहेका सबै नेपालीले प्रजातन्त्रको मर्मलाई आत्मसात गर्दै समतामूलक समाज निर्माणमा आ-आफ्नो क्षेत्रबाट योगदान गर्न संकल्प गर्ने दिन भएको बताउनुभयो। कार्यक्रममा स्थानीय नेपाली समुदायको तर्फबाट डा. हरिकृष्ण बाँस्कोटाले बोल्नुभएको थियो।

७१औं राष्ट्रिय प्रजातन्त्र दिवसको कार्यक्रममा इस्लामावादस्थित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपालीहरु, नेपाली विद्यार्थीहरु एवम् राजदूतावास परिवारको उपस्थिति रहेको थियो ।

७१औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा झण्डोत्तोलन र राजदूतावास परिसरमा दीपावली समेत गरिएको थियो।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको