Logo
०६ बैसाख २०७८
(Monday 19th April 2021)

मन्त्री बन्ने संभावना नदेखिएपछि तामाङ लुसुक्क प्रचण्ड समुहमा फर्किए



काठमाण्डौं । नेकपामा विभाजन आएपछि नेताहरु पुष्पकमल दाहाल र केपी शर्मा ओली समुहमा आउने जाने क्रम चलिरहेको छ । समुह फेरबदलमा तिव्रता आईरहेको बेला केन्द्रिय नेताहरु नै छिनछिनमा यताउता भइरहेका छन् ।

यसैविच लामो समयदेखि नेकपाका अर्का नेता माधव नेपाल समुह निकट मानिएका पूर्वकानुन मन्त्री एवं केन्द्रिय सदस्य सांसद शेरबहादुर तामाङ ओली समुहमा गए । नेपालसँगको लामो यात्रा तोडेको र तामाङ ओली समुहमा गएको चर्चा निकै चलिरहेका वेला उनी फेरि प्रचण्ड समुहमा नै फर्किएका छन् ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघठन गरेको भन्दै सात जना मन्त्रीले राजीनामा दिए । खाली भएको मन्त्रालयमा मन्त्री बन्ने आश्वासन पाएपछि तामाङ ओली समुहमा गएका थिए ।

तर, ओली समुहमा मन्त्री बन्नेको आकांक्षी धेरै र आफु मन्त्री बन्ने संभावना कम हुँदै गएपछि उनी पुनः प्रचण्ड समुहमा नै फर्किएको उनी निकट एक नेताले बताए ।

उनी सँगै उनकी श्रीमती उषाकला राईले पनि ओली समुहको केन्द्रिय कमिटीमा बस्न नसकिने भन्दै राजीनामा घोषणा गरेकी छिन् ।

दूई दिनसम्म पर्ख र हेरमा वसेका उनीहरु ओली समुहबाट राम्रो संकेत नदेखिएपछि कित्ता परिवर्तन गरेका हुन् । कानुनमन्त्री हुँदा आफुले बोलेको विषय विवादित हुँदा नेपाल समुहले साथ नदिएको भन्दै उनी गुनासो गर्दै हिडे्का थिए ।

अर्का अध्यक्ष ओलीले बोलाएको सोमबार र मंगलबारको बैठकमा पनि तामाङ बालुवाटार गएका थिए । अविश्वासको प्रस्तावमा आफनो हस्ताक्षर समेत दुरुपयोग भएको भन्दै तामाङले ओलीसँग गुनासो गरेका थिए ।

उनी निकट एक नेताका अनुसार उनलाई प्रधानमन्त्री ओलीले खानेपानी मन्त्री बनाउने आश्वासन दिएको बताए । सिन्धुपाल्चोकमा नै रहेको निमार्णको अन्तिम अवस्था रहेको मेलम्ची खानेपानी आयोजनाको जस लिने दाउमा उनी रहेको ती नेताले भने ।

प्रतिक्रिया दिनुहोस्