Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

मासुजन्य उत्पादनमा मेडिकल व्यवसायी अर्यालको आक्रामक लगानी




काठमाण्डौं । उद्योगी व्यवसायी खुमा अर्यालले पोल्टी व्यवसायमा आक्रामक लगानी सुरु गरेका छन् । मुलुकलाई मासुजन्य उत्पादनमा पूर्णरुपमा आत्मनिर्भर बनाउने उदेश्यका साथ उनले यस क्षेत्रमा आक्रामक लगानी सुरु गरेका हुन् । कास्की, स्याङ्जा, बाँकेको नेपालगन्ज लगायत जिल्लामा उनको एग्रो फार्म सुरु भइसकेको छ ।

यस्तै प्रदेश नम्वर २ को धनुषा धारापानीमा पनि अर्यालले ठुलो आकारको एग्रो फार्मको उद्घाटन गरेका छन् । जनकपुर एग्रो फार्मको नाममा धारापानीमा एग्रो फार्मको व्यवसाय सुरु गरेका अर्यालले पशुजन्य उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उदेश्यले फार्म खोलिएको बताए । मेडिकल व्यवसायी समेत रहेका अर्यालले भने, ‘कृषि प्रधान देशमा कृषीजन्य वस्तु उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउनै पर्छ’ ।

मासु र अण्डामा भने मुलुकलाई आत्मनिर्भर बनाउनुका साथै कृषीको क्षेत्रमा पनि राम्रो संभावना छ भन्ने प्रमाणित गर्नु पनि हो अर्यालले भने । अर्बौ लगानीमा सुरु गरिएको व्यवसायबाट सयौंको संख्यामा रोजगारी पनि सृजना भएको छ । नीजि क्षेत्रबाट यत्ति ठुलो लगानी भित्रिनु स्वागतयोग्य भएको व्यवसायी बताउँछन् ।

अन्तरराष्ट्रिय मापदण्डमा मासुजन्य वस्तु उत्पादन गरिनु खुसीका विषय हो सरोकारवालाको भनाई छ । अर्यालको फार्मबाट एकै पटक लाखौ अण्डा चल्ला उत्पादन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्