Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

व्यवसायी सुमार्गीद्धारा नेकपालाई तत्काल विवाद समाधान गरि आर्थिक संवृद्धिको मुद्धामा केन्द्रित हुन आग्रह



काठमाण्डौं । सफल उद्योगी व्यवसायी अजेयराज सुमार्गीले सत्तारुढ नेकपाका नेताहरुलाई तत्काल दलीय विवाद समधान गरि आर्थिक संवृद्धिको मुद्धामा केन्द्रित हुन आग्रह गरेका छन् । काठमाण्डौं टेलिभिजनसँग कुरा गर्दै व्यवसायी सुमार्गीले झण्डै दुई तिहाईको जनमत आर्थिक संवृद्धिका लागि भएकाले त्यसको सहि सदुपयोग आजको आवश्यकता रहेको बताए ।

उनले भने, नेकपाका नेताहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठि मुलुकको संवृद्धि र जनजिविकाको सवालमा केन्द्रित हुनैपर्छ । विश्वले आर्थिक संवृद्धिमा तिव्र प्रतिस्पर्धा गरिरहेका वेला नेपालले त्यसबाट पाठ नसिके ठुलो गल्ती हुने उनले औल्याए । झण्डै दुई तिहाइको जनमतमा अस्थिरता देखिएपछि विभिन्न खाले शक्तिहरु चलमलाएको उनको तर्क छ ।

काठमाण्डौ टेलिभिजनसँग उनले भने, स्वदेशी विदेशी लगानीबाट ठुला ठुला आयोजना प्रारम्भ गर्ने समय हो । आर्थिक र जनसंख्या दुवै हिसावले समेत बलिया दूई छिमेकी मुलुकबाट नेपालले यस्तो वेला पनि फाइदा लिन नसक्नु ठुलो दुर्भाग्य भएको उनको जिकिर छ ।

आवश्यक परे दलीय समस्या सुल्झाउन आफनो तर्फबाट जुनसुकै सहयोग गर्न पनि तयार रहेको व्यवसायी सुमार्गीले बताए । कोभिड १९ कोरोना मारका बेला विवाद र विभाजन नभइ दलीय एकताको खाँचो रहेको उनको जोड छ । कोरोना मारका बेलामा समेत सत्तारुढ नेकपाको दलीय विवादले जनता निराश हुँदै गएको भन्दै उनले भने अझै पनि काम गर्ने समय छ, यो अवसर खेरा नफालौं ।

प्रतिक्रिया दिनुहोस्