Logo
०५ बैसाख २०७८
(Sunday 18th April 2021)

“ एक सय करोड ( एक अरब) को तीन आयोजनाको शिल्ल्यान्यास सूर्योदयमा हुदै”



फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नती”

“ एक सय करोड ( एक अरब) को तीन आयोजनाको शिल्ल्यान्यास सूर्योदयमा हुदै”

“ फिक्कल अस्पतालमा दन्त चिकित्सा सेवाको प्रारम्भ”

पूर्व प्रधानमन्त्री तथा प्रतिनिधि सभाको सदस्य माननीय खनालले फिक्कल आधारभूत अस्पताल भवनको शिल्यान्यास गर्नुभो। यस आयोजनाको निम्ति उहाले खेल्नु भएको भूमिका प्रति सम्पूर्ण नगरवासी आभार प्रकट गर्दछ।

साथै स्वास्थ्य विकास समिति बडा नम्बर-१० को अध्यक्षलाई कार्यपालिकाले दिएको जिम्मेवारी निकै जटिल परिस्थितिमा पनि कुशलताकासाथ पूरा गरेकोमा धन्यवाद। जग्गा र केहि प्राविधिक समस्याको कारण यो आयोजना अन्तिम समयसम्म समावेश भएको थिएन।

आधारभूत अस्पताल भवन निर्माण सम्वन्धी निर्देशिका -२०७७ अनुसार फिक्कल स्वास्थ्य केन्द्र प्राथमिक अस्पताल- क वर्गमा पर्दछ। यो स्वास्थ्य केन्द्रको बार्षिक सेवाग्राही जनसख्या ५० हजारभन्दा बढी रहेको छ। सेवाग्राही जनसख्या हेर्ने हो भने नेपाल कै स्वास्थ्य केन्द्र मध्ये यो पहियो पाच नम्बरभित्र पर्दछ।डांक्टर र स्वास्थ्यकर्मीहरूको जिम्मेवारी पूर्ण कार्यले यो अस्पतालप्रतिको विश्वसनीयता बड्दो छ।

त्यसैले यो अस्पताललाई थप जग्गाको व्यवस्थापन गरी २५ देखि ५० शैय्याको अस्पताल निर्माण गर्न निर्देशिकाले बाटो खुल्ला गरेको जानकारी गराउन चाहन्छु।

दन्त चिकित्सा सेवा,

सूर्योदय नगर र छिमेकी पालिकाहरूको नागरीकहरूमा दातको निकै ठूलो समस्या रहेको र साधारण दन्त उपचारको निम्ति निकै रकम खर्चेर झापा लगायत अन्य जिल्लामा जानुपर्ने कुरालाई मध्यनजर गर्दै डा. धनराज यादव- नगरपालिका स्वास्थ्य शाखा प्रमुखको नेतृत्वमा दन्त चिकित्सा सेवा फिक्कल अस्पतालबाटै सुचारू गरिएको जानकारी गराउछु।

सूर्योदय नगरको पहलमा प्रदेश र संधीय साझेदारी एक अरबको आयोजनाको शिलान्यास हुदै।१८ गते प्रदेश मूख्यमन्त्रीबाट Tea Tasting & Promotional Center को सिल्यान्यास हुदै।

यो कोभिड-१९ को जटिल परिस्थितिमा पनि नगरपालिकाको गतिमा कुनै कमी छैन। अस्पतालको न्यूनतम् बजेट- १८ करोड, Tea Tasting & Promotional Centre -२३ करोड मेशीन सहित र बृहत सूर्योदय खानेपानी आयोजना -६५ करोड रहेको छ। नगरपालिका कार्यपालिकाले खानेपानी आयोजनाको विम्ति एक प्रतिशत आयोजना कार्यलयमा जम्मा गर्ने निर्णय समेत गरिसकेको छ।

नगरपालिका अनेकौ आयोजनाहरू सहित अघि बडिरहने छ।

प्रतिक्रिया दिनुहोस्