Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

सानिमा बैंकका सिइयो दाहाल भन्छन, “मनगढन्ते समाचार पढ्न मलाई फुर्सद छैन”



काठमाण्डौं । पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा र एक व्यवसायी घराना विशाल ग्रुपसँग जोडेर एक साप्ताहिक पत्रपत्रिकाले लेखेको समाचारमा कुनै सत्यता नरहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले स्पष्ट पारेका छन् ।

काठमाण्डौं टेलिभिजनसँग कुरा गर्दै प्रमुख कार्यकारी अधिकृत दाहालले यस्ता हावा मनगढन्ते समाचार पढ्न आफुलाई फुर्सद नभएको बताए । यस्ता भ्रमपूर्ण समाचारले आफुलाई कुनै पनि असर नपार्ने समेत उनले स्पष्ट पारे । उनले भनेका छन, समाचारमा लेखिएको कथा पुष्टि गर्न पनि चुनौती दिन्छु ।

पेशागत मयार्दा भन्दा एक कदम तलमाथि आफुले नगरेको दाबी गर्दै उनले भने समाचार सत्य र तथ्यमा पुगेर लेख्न सुझाव दिन्छु ।

विशाल ग्रुप लगायतको सन्दर्भको समाचारमा प्रमुख कार्यकारी अधिकृत दाहालले राज्यले तोकेको नियम भन्दा एक इन्च पनि तलमाथि नगरेको स्पष्ट पारे । कुनै पनि व्यवसायी घरानाको पछि लागेर कुनै पनि अनुचित फाइदा नलिएको समेत उनले जिकिर गरे । दाहालले भने पेशागत इमान्दारीता मेरो धर्म हो ।

एक साप्ताहिक पत्रिकाले सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा र विशाल ग्रुपसँगको साँठगाँठमा नियम विपरित कर्जा प्रवाह गरेर अनुचित लाभ लिएको समाचार प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्