Logo
१३ कार्तिक २०७७
(Thursday 29th October 2020)

सडक विकासमा अग्रणी बन्दै कागेश्वरी मनोहरा नगरपालिका



 पथमा कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १ देख ९ सम्मका बाटो छनोट गरी, ग्राभेल हाल्ने र मर्मत गर्ने काम जारी रहेको छ । बाटोको समस्याले पीडित यहाँका धेरै जनालाई बाटो राम्रो भए पछि खुसी तुल्याएको छ ।
वडा नं ९ को भैँमाल युवा क्लबसम्म जाने भैँमाल युवा क्लब मार्गको बाटो  ग्राभेल हालेर रोलरले पेले पछि  स्तरोन्नति भएको छ । यसले धेरै जनालाई खुसी समेत तुल्याएको छ । वडा नं ८ को तेज विनायक मार्ग असहज भएका कारण यस अघि विद्यार्थीलाई स्कुल आवत जावत गर्न समेत कठिन हुने गरेको थियो । अहिले सहजै  घरसम्म मोटरसाइकल लैजान सकिने अवस्था भएको छ ।
यसै गरी, वडा नं ७ को चाँप कोट मार्गमा वर्षामा हिलोले बाटो नै  नदेखिने अवस्था थियो । अहिले यहाँको बाटो सुधार भए पछि विभिन्न जिल्लाबाट बसाइ सराइ आएका एकता बस्तीका बासिन्दालाई धेरै नै राहतको महसुस  भएको स्थानीय बासिन्दा अमोद चन्द्र बोहरा बत्ताउँछन् ।
वडा नं ६ को पेप्सी ब्रम्हखेल सडक बाटो आफ्नो घरसम्म पुग्नलाई पनि धेरै कठिन महसुस हुने अवस्थामा यहाँका बासिन्दा थिए । अहिले नगरपालिकाको पहलमा ग्राभेल हालेर रोलर लगाउँदा सबै जनता हर्षित भएका छन्  । वडा नं ५ को स्थानीय बस्ती भित्रको जौटार रोड मार्गमा रोलर  र जेसीवी लगाउँदा सबै स्थानीयवासीको मुहारमा खसी छाएको छ । यत्ति छिटो र यत्ति राम्रो बन्ला भनेर कहिले पनि नसोचेको स्थानीय प्रकाश पुडासैनी बत्ताउँछन् ।
दसैँ अगाडी नै १,२,३ र ४ ग्राभेल हाली स्थानीय बासीको घरमा दशैको झझल्का दिने गरी बाटो सम्पन्न हुने नगरपालिकाको एक प्राविधिकले जानकारी दिए । नगरपालिकाको ३० प्रतिशत तथा  सडक बोर्डको ७० प्रतिशत रकम लगानीमा यी काम भइरहेको छ ।
यसैबिच,नगरपालिकाका मेयर कृष्ण हरि थापा प्रत्येक महिनाको एक देखि नौ गतेसम्म हरेक वडाको भ्रमण गर्ने गरेका छन् । उनले स्थानीयलाई अप्ठेरो परेको कारण दसैँ अगाडी नै सबै काम सक्न निर्देशन समेत दिएका छन् । कोभिड १९ को महामारीको समयमा पनि सो नगरपालिकाले महामारी रोकथामका लागि गतिविधि  र विकास निर्माणका काम सँगै अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्