Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

सरकार को चाहियो सिंह कि घिसिङ्ग …. ?





पशुपतिनाथको अनुकम्पाले चलेको हाम्रो देशमा एउटा इमान्दार कर्मचारीलाई जिम्मेवारी थप्न जति गार्हो छ, तर एउटा बेइमान कर्मचारीलाई जिम्मेवारी थप्न त्यति नै सजिलो छ l
जबदेखि नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई समय थप्ने कुरा चर्चामा आयो, देशभरिका जनता उनको पक्षमा ओर्लेका छन् l घिसिङ्गको इमान्दारिता र उनको कार्य सफलताको चर्चाले सरकार र सिस्टम दुवैलाई चुनौती दिएको छ l नभए त अहिलेसम्म सरकारले आफ्ना कुनै सम्धी, ज्वाई, जेठान, सालो नभए घरबेटीलाई भएपनि नियुक्ति दिसक्या हुन्थियो l आजभोली हाम्रो देशमा यस्तै हुदै आएको पनि छ l

कस्तो अचम्मको हाम्रो देश … जसले १८ घण्टाको अत्यास लाग्दो लोडसेडीङ्गको अन्त्य गर्यो, चुहावटलाई रोक्यो र अर्बौ रुपैया नाफा कमाएर दियो त्यस्ता इमान्दार कर्मचारीलाई एकपटक जिम्मेवारी थप्न सरकारलाई निकै गार्हो भएको छ l
तर हेटौडा सिमेन्ट कारखाना प्रा. लि. जहाँ बर्षेनी करौडौ रुपैयाको नोक्सानी थपिदो छ l जहाँ कारखाना संचालन भन्दा बढी बन्द हुने गर्छ, त्यस्ता कम्पनीका महाप्रबन्धक प्रेमशंकर सिंहलाई चाही एकपटक होइन तीन तीन पटक जिम्मेवारी थप्न सरकारलाई कहिले गार्हो भएन l

सरकारी स्वामित्वको हेटौडा सिमेन्ट कारखानाबाट उत्पादन हुने सिमेन्टको नेपाली बजारमा राम्रो मांग छ l देशभरिमा करिब एक हजार बढी अधिकृत बिक्रेता रहेको सिमेन्ट कारखानामा सिंहले जिम्मेवारी लिएपछि, अहिले मुश्किलले एक सय पचास अधिकृत बिक्रेता मात्रै बाकी छन् l बिक्रेता अभावकै कारण उत्पादित सिमेन्ट बजारसम्म पुग्न नसक्दा, तीन महिना अघि उत्पादन भएको करिब २ लाख बोरा सिमेन्ट गोदाममै थन्काएर राखेको छ l

त्यसैगरी चल्ने गाडीलाई बालबालिका ओसार्ने काममा लगाई, अनि कारखानाकै एक पूर्व कर्मचारी तथा एक जिल्लास्तरिय नेताको कम्पनिसंग २ वटा गाडी बार्षिक १ करोड १४ लाख रुपैयामा सम्झौता गरी कर्मचारी ओसारिरहेको छ l जबकि कोभिड १९ को कारण बिद्यालय पूर्णरुपमा बन्द छ र उद्योग पनि २०% मात्रै संचालनमा छ l यतिबेला कारखानाकै गाडी चलाएर खर्च कम गर्नुको साटो संस्थाको चल्ने गाडी थन्काएर बाहिरको महँगो गाडी गुडाएको पनि सिंह माथि आरोप छ l

अब अर्को सन्जोग …यो कारखाना जहिले पनि सिजनमै महिनौ महिनासम्म बिग्रिने गर्छ l जबकि महाप्रबन्धक सिंह करिब ८ बर्षदेखि यहाको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् तैपनि सिजनमै मेसिन बिग्रने रोगलाई अझै सुधार्न सकेका छैनन l बरु हेटौडा सिमेन्ट कारखानाको सिजनमै बिग्रिने रोगको कारण हेटौडामै रहेको अन्य सिमेन्ट कारखानालाई भने व्यापार गर्न निकै सजिलो बनाएको आरोप छ l
महाप्रबन्धक सिंह जसले सिमेन्ट कारखानामा बार्षिक करौडौ रुपैयाको भार थप्या थप्यै छ, प्राप्त जानकारी अनुसार १२ करोड ऋणको ब्याज नतिर्दा अहिलेसम्म सावा ब्याज गरी कुल बुझाउनु पर्ने रकम ४२ करोड रुपैया पुग्या छ l

त्यस्तालाई कारवाहीको साटो उसैलाई कार्यकाल थपेर पुरस्कृत गरेको छ l तर जसले एउटै कार्यकालमा लामो लोडसेडीङ्ग मात्रै हटाएन बरु संस्थाको चुवाहट रोकेर संस्थालाई अर्बौ रुपैया नाफा कमाएर दियो त्यस्ता व्यक्तिलाई एकपटक कार्यकाल थप्न सरकारलाई हम्मे .. हम्मे भएको छ l
होइन सरकारलाई कस्तो मान्छे चाहिएको हो …. सिंह कि घिसिङ्ग ?

प्रतिक्रिया दिनुहोस्