Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

विश्व नैतिक दिवस घोषणा गर्न युवाहरुको माग



काठमाण्डौं । सेप्टम्बर २ लाई ‘विश्व नैतिक दिवस’ घोषणा गर्न युवाहरुले माग गरेका छन् । वल्र्ड ह्वुमेनिटेरियन ड्राइम नामक संस्थामा अवद्ध विभिन्न मुलुकका युवाहरुले संयुक्त राष्ट्र संघ समक्ष यस्ता माग गरेका हुन् ।
बुधवार उक्त संस्थाले आयोजना गरेको भर्चुअल कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहभागीता जनाउँदै विश्व नैतिक दिवसको आश्यकता रहेको भन्दै युवाहरुको मागमा एक्यवद्धता जनाए ।
उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले ‘विश्व नैतिक दिवसको विषयमा संस्थाका भारतीय युवा सदस्यहरुले तयार पारेको ‘सपनाका गीत’ बोलको गीत समेत विमोचन गरे । युवाहरु अभियानाको प्रसंशा गर्दै उनले विश्व नैतिकता दिवसको खाँचो औल्याए ।
वल्र्ड ह्वुमेनिटेरियन ड्राइम नेपाल च्याप्टरकी महासचिव जानकी गुरुङले युवा सशक्तिकरण र दिगो विकासको लागि विश्व नैतिक दिवसको आवश्यकता रहेका बताइन । विश्व नैतिकता दिवस मार्फत शन्ति र सदभाव फैलानु र राष्ट्र विकासमा युवाको महत्वलाई उजागर गर्नु अभियानको उद्देश्य रहेको महासचिव गुरुङले बताइन ।
युवा सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको उक्त संस्थामा १२ मुलुकका युवाहरु आबद्ध छन् । वेलायतमा मुख्य कार्यालय रहेको वल्र्ड ह्युमेनिटेरियन ड्राइभ नामक गैर नाफमुलक संस्थाले युवाको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । यस संस्थाको संस्थापक डा. अब्दुल बासित सथ्याद रहका छन् । ०००
प्रतिक्रिया दिनुहोस्