Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

टेस्ला जापानीज स्वचालित एसी छिटै बजारमा आउँदै



टेस्ला एयर कन्डिसनर (फिलर) ले छिट्टै नै नयाँ मोडेलहरु सार्वजनिक गर्ने भएको छ । यी मोडेल सार्वजनिक भएसँगै बिश्व बजारमा भएका स्तरिय एयर कन्डिसनर जस्तै टेस्लाले कोठाको तापक्रम बस्नको लागी आरामदायी बनाउने छ ।
यी विशेष प्रकारका मोडलले आम उपभोक्ताका लागि साच्चै नै नेपाली ब्राण्ड हुन भन्ने समेत गर्विलो सावित गर्नेछ । टेस्लाका यी नयाँ मोडेलले काठमाडौं उपत्यकाका प्रख्यात सम्पदा धरहरा, कृष्ण मन्दिर, स्वयम्भुनाथ स्तुपाका प्रतिछाँया आत्मसाथ गरेको छ । जस्ले टेस्ला नेपाली ब्रान्ड हो भन्ने सन्देश प्रबाहका लागि सहयोग गर्ने मात्र हैन तपाईको घर वा अफिसको सुन्दर भित्तामा भएको टेस्ला एसीले नेपालीपनको गौरबलाई समेत अझै बढावा दिनेछ।
नेपाली ब्रान्ड जस्ले हाम्रो सम्पन्न सम्पदालाई आदर, सम्मानका साथै आत्मसाथ गर्नुका अलावा यस्का नयाँ मोडेलले EER Rating 3.53 ( 5 Star Level ) को कम उर्जा खपतको विशेषता समेत बोकेको छ ।
यसमा उर्जा खपतको अनुपात ३: ५३ रहेको छ, जस्ले नै यो उर्जा मैत्री छ भन्ने देखाउँछ । यसका साथै तपाईको विद्युतको विल सम्बन्धी चिन्तालाई समेत दुर गर्ने र आनन्दमा रम्न मद्दत गर्दछ । यसका साथै यो बातानुकुलित समेत छ । Turbo Mode यो मोडेलमा तपाईले अरु एसीहरुमा जस्तो कोठाको तापक्रम ठिक हुनका लागि कम्तिमा आधा घन्टा कुर्नुपर्ने छैन ।
यसको टर्बो विशेषताले कोठाको तापक्रमलाई तुरुन्तै ठिक गरिदिन्छ । Auto Restart यो एसीमा स्वचालित पुनःसन्चालन समेत छ । यसको अर्थ जब एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफै पत्ता लगाउँछ । यसको केही समयपछि यो एसीले कोठाको परिवर्तित तापक्रम अनुसार आफै काम गर्न थाल्छ । त्यसैले हजुरले कोठाको तापक्रम घटबढ हुँदा आफैले एसी मिलाउनु पर्ने झन्झटबाट यस्ले छुटकारा दिलाउँछ ।
100% Pure Copper यो नयाँ एसीमा सतप्रतिसत तामाको तार प्रयोग गरीएको छ । जसले गर्दा यसको चिस्यान र तापमान क्षमता उच्च रहेको छ । हुनत यो अलि महङ्गो जस्तो लाग्न सक्छ तर दिर्घकालीन प्रयोग र उच्च गुणस्तरको लागी यो उत्तम विकल्प हो ।
नयाँ टेस्ला एसी आफ्नो प्ररिबद्धता व्यक्त गर्दछ कि यो नेपालीको एसीको आवश्यकता पुरा गर्न नेपालमा बनेको मात्र हैन । हाम्रो अन्तरास्ट्रिय सम्पदाको प्रतिछायाँहरुले निश्चित रुपमा धेरै भन्दा धेरै नेपालीको मन जित्नेछ ।
प्रतिक्रिया दिनुहोस्