Logo
०५ असोज २०७७
(Monday 21st September 2020)

मेयरबाट भवन शिलान्यास



कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ को भवन निर्माणको नगर प्रमुख कृष्णहरि थापाले शिलान्यास गरे ।
वडा नं. ७ को भवन निर्माण स्थलमा बिहीबार भएको कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले सो भवन निर्माणको शिलान्यास गरेका हुन् ।
नगर प्रमुख कृष्णहरि थापाले नगरपालिका सबै वडाको भवन निर्माणमा लागेको बताउँदै वडा भवनको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गरिने बताए ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका साथै पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पशु लगायतका क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको बताए ।
सो भवनमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ को कार्यालय र आधारभूत स्वास्थ्य केन्द्र रहनेछन् ।  सो वडा भवन आगामी १ वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरिने ७ नं.वडाका अध्यक्ष जीवन थापाले जानकारी दिनुभएको छ ।


कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उपप्रमुख बिन्दु सिम्खडा पुडासैनी, ७ नं. वडाका अध्यक्ष जीवन थापा, नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं. २ का क्षेत्रीय सभापति उपेन्द्र कार्की, वडा सदस्यहरू सहदेव कार्की, लक्ष्मण पुरी र शर्मिला कार्की थापा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ७ नं. वडा कमिटीका अध्यक्ष अमरचन्द्र बोहरा लगायत जनप्रतिनिधिहरू, कर्मचारीहरू र ७ नं. वडाका स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो । भवन निर्माणको जिम्मा मालिका निर्माण सेवाले पाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्