Logo
०२ जेठ २०७८
(Sunday 16th May 2021)

भ्रष्टाचारमा श्रीमान श्रीमती नै माहिर, गण्डकी प्रदेशकी अर्थसचिव श्रीमती चन्द्रकलाको कला पनि उस्तै



काठमाण्डौं । चन्द्रकला पौडेल,  सिधा शब्दमा लेख्दा केहि दिनअघि घुस वापतको रकम वुझदा वुझदै रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्यायकी श्रीमती ।

अब चन्द्रकला पौडेलको आफनै परिचय, हाल प्रदेश ४ गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयकी सचिव । श्रीमती पौडेलको प्रसंग पनि गत शुक्रवार घुसवापतको १४ लाख रुपैयाँ वुझदा वुझदै अख्तियारको निशानामा परेका श्रीमान कृष्णकान्तको जस्तै नै हो ।

कुनै समय पौडेल भ्रष्टाचारको मुद्धा खेपिरहेका तत्कालिन अख्यितार प्रमुख दिपकुमार बस्नेतको छत्रछायाँमा हुर्किएकी एक उपल्लो तहकी सरकारी कर्मचारी हुन ।

गण्डकी प्रदेशको अर्थमन्त्रालयको सचिव भएर जानुअघि उनी भुमिसुधार मन्त्रालयकी सहसचिव थिइन् । त्यसअघि आन्तरिक राजस्व विभागको डिडिजी । अझ त्यस भन्दाअघि आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्वर १ की प्रमुख । चन्द्रकला अहिलेसम्म मालदार कार्यालयमा नबसेको सायद छैन पनि होला ।

सरुवा बढुवादेखि हरेकमा लेनदेन गर्न माहिर पौडेलको काठमाण्डौंमा राम्रा राम्रा ठाउँमा घरघडेरी छन् । स्याङ्जाको सामान्य परिवारको यो जोडीले हैसियत भन्दा निकै माथि सम्पती जोडेको नजिकका जानकार बताउँछन् । चन्द्रकलाले पैसा हात नपरेसम्म फाइल नसमात्ने गरेको ठट्यौली राजस्वका कर्मचारी आजभोली समेत गर्छन् । ।

चन्द्रकलाले भने आन्तरिक राजस्वमा बस्दा नै अकुत सम्पती जोडेको नाम उल्लेख नगर्ने सर्तमा एक जना कर्मचारी बताउँछन् । उनी भन्छन, एक पटक अख्तियारको आखाँ पुग्दा यो जोडीको इतिवृत्तान्त बाहिर आउँछ ।

हाल गण्डकी प्रदेशकी अर्थसचिव चन्द्रकलाले इमान्दार अर्थमन्त्री भनेर चिनिएका किरण गुरुङको सोझोपनको फाइदा उठाउँदै राजस्व मिनाहा गर्दिन्छु, ठेक्का मिलाइदिन्छु, सरुवा बढुवा गर्दिन्छु, ठेक्कामा बजेट हाल्दिन्छु भन्दै करोड भन्दा माथि असुलिरहेको एक व्यापारीले बताए । राजनीतिक दाउपेज मिलाउन समेत खप्पिस चन्द्रकला, नाम जस्तै कला मिलाएर आर्थिक हिनामिना गर्न सक्षम कर्मचारीको रुपमा समेत पर्छिन् ।

भुमिसुधार मन्त्री पद्यमा अर्यालको नजिकको मान्छे भन्दै चन्द्रकलाले राजनीतिक पहुँचको धमास समेत दिने गरेको मन्त्रालयमा अर्का कर्मचारीले बताए । कमिसनका लागि श्रीमान कृष्णकान्त श्रीमती चन्द्रकलाका अगाडी मात्र एक प्रतिशत भएको समेत ती कर्मचारीले बताए । उनको यस्तो व्यवहारले गण्डकी प्रदेशका कर्मचारी, व्यवसायी, ठेकेदार हैरान भएका छन् । माथिसम्म पुराउनु पर्ने भन्दै उनले आर्थिक लेनदेन गर्ने गरेको पीडित गुनासो गर्छन् ।

प्रतिक्रिया दिनुहोस्